नेपालगन्ज १५ जेठ : सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका हुम्ला जुम्ला, मुगु डोल्पा र कालिकोटमा दिँदै आएको दिवा खाजा रकम वृद्धि गरेको घोषणा गरेका छन् । दिवा खाजामा स्थानीय उत्पादन उपयोग गर्नुपर्नेछ ।
यस्तै अति विपन्न र सिमान्तकृत कक्षा ९ देखि १२ कक्षासम्म दिँदै आएको छात्रवृति कक्षा ६ देखि विस्तार गर्ने भएको छ ।
कक्षा १२ सम्म दिइने यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनले बताए । विद्यालय तहमा दिइने सबै प्रकारका छात्रवृत्तिको लागि ६० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ८७ करोड विनियोजन भएको छ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने