नेपालगन्ज १५ जेठ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ ।
मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गरे । उनले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि दुई अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।
उनले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताए । उनले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए ।
उनले प्राविधिक शिक्षातर्फ एक अर्ब ५९ करोड विनियोजन गरेको बताए । उनले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए । सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा कार्यान्वयन गर्ने बताए । उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोन गरेको बताए ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?