भौतिक पूर्वाधारले पायो एक खर्ब ५० अर्ब ५३ करोड बजेट


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
भौतिक पूर्वाधारले पायो एक खर्ब ५० अर्ब ५३ करोड बजेट

नेपालगन्ज १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको बताए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि तीन अर्ब ६८ करोड र हुलाकी राजमार्गमा तीन अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको छ ।

काठमाडौं उपत्यकाभित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।