नेपालगन्ज १८ जेठ : जिल्ला प्रहरी कार्यालय बाँकेले २१ लाखको तस्करीको सामान पक्राउ गरेकोछ । प्रहरीले नेपालगन्जका विभिन्न तीन स्थानबाट भन्सार छलि तस्करी गरि ल्याइएको सामान पक्राउ गर्न सफल भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझा विमानस्थलभित्र सनराईज कुरियरमार्फत काठमाण्डौं पठाउने तयार रहेको उक्त सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुल ७२० पिस खरिद बिक्रीको बिल नभएको मोबाईलको कम्बो डिस्प्ले अन्दाजी १८ लाख बराबरको मोबाईल डिस्प्ले र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ बाट लेडिज कुर्ता सुरवाल, लुङ्गि गरि अन्दाजी २ लाख ८७ हजार र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ बाट ३७२ थान चप्पल अन्दाजी मुल्य ४४ हजार ६४० गरी २१ लाख ३१ हजार ६४० रुपैयाँ बराबरको सामान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्जका विभिन्न स्थानबाट भन्सार छलि अबैधरुपमा ल्याइएको उक्त सामान पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएकोछ । प्रहरीका अनुसार उक्त सामानका विषयमा थप अनुसन्धान भइरहकोछ ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?