यार्सा सङ्कलनमा गएका २ जनाको मृत्यु, १ जना सिकिस्त


सेतोखरी सेतोखरी   शनिबार, जेठ १९, २०८१
यार्सा सङ्कलनमा गएका २ जनाको मृत्यु, १ जना सिकिस्त

मुगु १९ जेठ : यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ ।

पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएको जानकारी आएको बताए ।

सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको उनले जानकारी दिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो । -रासस