नेपालगन्ज २३ जेठ : विश्व वातावरण दिवसको अवसरमा बाँकेको खजुरा बजार क्षेत्रमा बृक्षारोपण गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र सिद्धार्थ बैंकको प्रायोजनमा सडकको बिचभागको हरियाली क्षेत्र (ग्रीनबेल्ट) मा बृक्षारोपण गरिएको हो ।
खजुरा गाउँपालिका वडा नम्बर–३ नेपालगन्ज गुलरिया हुलाकी सडकको बिचभाग (ग्रीनबेल्ट) मा बिभिन्न प्रजातीका दुई सय विरुवाहरु रोपिएको खजुरा गाउँपालिकाले जनाएको छ ।
बृक्षारोपणको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले शुभारम्भ गरेका थिए । बजार क्षेत्रका बिचभाग (ग्रीनबेल्ट) मा सिद्धार्थ बैंकका कर्मचारी तथा ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी कर्मचारीहरुले बिरुवा रोपेका थिए ।
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?