खजुरामा सडकको ग्रीनबेल्टमा वृक्षारोपण


सेतोखरी सेतोखरी   बुधबार, जेठ २३, २०८१
खजुरामा सडकको ग्रीनबेल्टमा वृक्षारोपण

नेपालगन्ज २३ जेठ : विश्व वातावरण दिवसको अवसरमा बाँकेको खजुरा बजार क्षेत्रमा बृक्षारोपण गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र सिद्धार्थ बैंकको प्रायोजनमा सडकको बिचभागको हरियाली क्षेत्र (ग्रीनबेल्ट) मा बृक्षारोपण गरिएको हो ।

खजुरा गाउँपालिका वडा नम्बर–३ नेपालगन्ज गुलरिया हुलाकी सडकको बिचभाग (ग्रीनबेल्ट) मा बिभिन्न प्रजातीका दुई सय विरुवाहरु रोपिएको खजुरा गाउँपालिकाले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बृक्षारोपणको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले शुभारम्भ गरेका थिए । बजार क्षेत्रका बिचभाग (ग्रीनबेल्ट) मा सिद्धार्थ बैंकका कर्मचारी तथा ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी कर्मचारीहरुले बिरुवा रोपेका थिए ।