भन्सार छलीको सामानसहित बागेश्वरी यातायातको एउटा बस प्रहरी नियन्त्रणमा


सेतोखरी सेतोखरी   आइतबार, जेठ २७, २०८१
भन्सार छलीको सामानसहित बागेश्वरी यातायातको एउटा बस प्रहरी नियन्त्रणमा

नेपालगन्ज २७ जेठ : बाँके प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित बस नियन्त्रणमा लिएको छ । नेपालगन्ज भन्सारदेखि कोहलपुरसम्म चल्ने बागेश्वरी यातायात प्रालिको भे १ ख ३१४९ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल सामान राखिएको थियो ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगन्ज वीपीचोकबाट भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको जानकारी दिए । भन्सारदेखि कोहलपुर चल्ने बस, म्याजिकमा भन्सार छलेर ल्याएका सामान लैजाने गरेको गुनासो आउने गर्दछ । प्रहरीले ठाउँठाउँमा त्यस्ता बस र म्याजिकलाई जाँच गर्ने गर्दछ ।

भन्सारदेखि कोहलपुरसम्म जाँदा आधा दर्जन ठाउँमा प्रहरीको चेकप्वाइन्ट परेपनि कारोबारीले सामान लगिरहने जानकारहरु बताउँछन् ।  वीपीचोकमा सामान समात्नु अघि भन्सार, सीमा प्रहरी कार्यालय, ट्राफिक चोक र गणेशमान चोकको डिउटीलाई पार गरेर आउनुपर्छ ।