नेपालगन्ज २७ जेठ : बाँके प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित बस नियन्त्रणमा लिएको छ । नेपालगन्ज भन्सारदेखि कोहलपुरसम्म चल्ने बागेश्वरी यातायात प्रालिको भे १ ख ३१४९ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल सामान राखिएको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगन्ज वीपीचोकबाट भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको जानकारी दिए । भन्सारदेखि कोहलपुर चल्ने बस, म्याजिकमा भन्सार छलेर ल्याएका सामान लैजाने गरेको गुनासो आउने गर्दछ । प्रहरीले ठाउँठाउँमा त्यस्ता बस र म्याजिकलाई जाँच गर्ने गर्दछ ।
भन्सारदेखि कोहलपुरसम्म जाँदा आधा दर्जन ठाउँमा प्रहरीको चेकप्वाइन्ट परेपनि कारोबारीले सामान लगिरहने जानकारहरु बताउँछन् । वीपीचोकमा सामान समात्नु अघि भन्सार, सीमा प्रहरी कार्यालय, ट्राफिक चोक र गणेशमान चोकको डिउटीलाई पार गरेर आउनुपर्छ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने