बैजनाथ २९ जेठ : बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा पुगेको टोलीले प्रदेश सरकारको लिखित रुपमा ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझाउन बैजनाथको एक टोली लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगेको थियो । गाउँपालिका अध्यक्ष शाहीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाए । सो क्रममा बैजनाथ गाउँपालिकाका वडाअध्यक्षहरु प्रेमबहादुर शाही, राजु रुचाल, निखिल बैगार, मन्त्रालयका सचिव लगायतको उपस्थिती रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री खत्रीले बैजनाथ गाउँपालिका क्षेत्र आफ्नो पनि निर्वाचन क्षेत्र भएकाले स्वभाविक रुपले आफ्नो प्राथमिकतामा पर्ने विश्वास दिलाए । बैजनाथ गाउँपालिकाको समग्र विकासका लागि माग सम्बोधन गर्न लुम्बिनी प्रदेशका अन्य मन्त्रालयमा पनि पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर