नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी एसिया रोड रेस फोरममा


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २९, २०८१
नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी एसिया रोड रेस फोरममा

नेपालगन्ज २९ जेठ : नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलबार थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको हातएईमा हुने एसिया रोड रेस फोरममा भाग लिन उनी थाइ लायन एयरबाट मंगलबार राति बैंकक प्रस्थान गरेका हुन् । 

एसिया रोड रेस फोरममा एसियाली राष्ट्रका प्रतिष्ठित म्याराथन आयोजकहरुको भेला हुनेछ । उक्त भेलाले एसियामा म्याराथन तथा रोड रेसको विकास र प्रवर्द्धनका बिषयमा बृहत् छलफल हुने रेस नेपालका अध्यक्ष समेत रहेका ठकुरीले बताए ।  यसक्रममा हातएई हाफ म्याराथन र एक्स्पो अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । साथै हातएई हाफ म्याराथन आयोजकसँग नेपाली खेलाडीको सहभागिता सम्बन्धमा अलग्गै परामर्श बैठक समेत रहेको ठकुरीले जानकारी दिए । 

हातएई हाफ म्याराथन आयोजकले थाइल्यान्डमा वर्ल्ड एथलेटिक्सका लेवल प्राप्त म्याराथन, हाफ म्याराथन र दस किलोमिटर रोड रेस गरि चारवटा अलगअलग इभेन्ट आयोजना गर्दछ । वर्ल्ड एथलेटिक्सबाट लेवल प्राप्त रोड रेसमा नेपाली खेलाडीलाई बढीभन्दा बढी सहभागिता गराउन सके नेपाली खेलाडीको स्तर बढ्दै जानेछ । ’यश बिषयमा गम्भीर वार्ता हुनेछ ।’ ठकुरीले भने ।

थाइल्यान्डको तीन दिने कार्यक्रम सकेर कर्णाली हाफ म्याराथनका समेत संस्थापक निर्देशक ठकुरी मलेसियाको राजधानी क्वालालम्पुरमा हुने दुई दिने मिलाप पार्टनर कन्फ्रेन्समा भाग लिनेछन् । रोड रेसमा प्रविधिको प्रयोगका सम्बन्धमा विमर्श हुने ठकुरीले बताए । यसअघि ठकुरी भियतनामको होचिमिन्हमा भएको मास पार्टिसिपेसन वर्ल्ड कन्फ्रेन्समा भाग लिएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

साथै नेपालबाट पहिलोपटक एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को वर्ल्ड कंग्रेस (ओसाका, जापान)मा दुई बर्ष अघिल्लो सहभागिता जनाएका थिए । नेपालगन्ज म्याराथन नेपालमा एम्सको पहिलो पुर्णकालीन सदस्य हो । पछिल्लो समय नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा बढ्ता जोड दिंदै आएको छ । 

नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले नेपाल रन युके र राष्ट्रिय खेलकुद परिषदको सहयोग एवम् सहकार्यमा विश्वप्रसिद्ध टीसिएस लण्डन म्याराथनमा भाग लिन सफल भए । सम्बाद छलफल सकारात्मक भइदिए र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सहयोग गरिदिए प्रथम ज्ञान कर्णाली हाफ म्याराथनका विजेतालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी रेस नेपालले गरिरहेको छ ।

साथै नेपालगन्ज म्याराथनको आयोजना तथा व्यवस्थापनमा काम गर्नेलाई समेत अन्तर्राष्ट्रिय एक्सपोजर दिनेगरी तयारी अघि बढाइएको ठकुरीले बताए ।