नेपालगन्ज १३ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ का वडाअध्यक्ष राजकुमार साहुले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
अध्यक्ष साहुले बालबालिकाहरुको सर्वाङ्गिक विकाससंगै सुरक्षा जिम्मेवारी समेत स्थानीय तह (वडा)को रहेको बताउँदै बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ को कार्यालयको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा सम्पन्न बालक्लब परिचालन सम्बन्धी अभिमुखिकरणमा वडाअध्यक्ष साहुले यस्तो बताएका हुन् ।
अभिमुखिकरणबाट सिकेका ज्ञानलाई ब्यहारमा लागु गर्न आग्रह गर्दै वडाअध्यक्ष साहुले वडाको नयाँ नीति तथा कार्यक्रम तयार भईरहेकाले के कस्तो कार्यक्रम आवश्यक पर्छ सोको विवरण बनाएर माग गर्न बालक्लबका पदाधिकारीहरुलाई अनुरोध समेत गरे । उनले बालक्लबको क्षमता अभिबृद्धी र बालक्लब परिचालनमा सबै तत्पर रहने प्रतिबद्धता गरे ।
अभिमुखिकरणमा बोल्दै वडा सचिब सुर्य नेपालीले बालक्लबमार्फत बालबालिकाको सर्वाङ्गिक विकास हुने भन्दै बालक्लबमा आवद्ध भएर काम गर्न सबै बालवालिकाहरुलाई अनुरोध गरे । वडा कार्यालयले बालबालिकाका लागि वर्षेनी कार्यक्रम तयार गर्ने गरेको उनले बताए ।
बालबालिकाको क्षमता अभिबृद्धी कार्यक्रम अन्तरगत बालक्लब परिचालन सम्बन्धी अभिमुखिकरणमा बालक्लब परिचालनका विभिन्न बिषयमा बास नेपालका कार्यकारी निर्देशक तथा प्रशिक्षक नमस्कार शाह, कानूनी प्रावधानका बिषयमा वडा सचिव सुर्य नेपाली र बाल संरक्षण, बालअधिकार, बैठक सञ्चालन लगायतका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले सहजिकरण गरेका थिए ।
अभिमुखिकरण पश्चात प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि भगवति सिंहले पहिलो पटक तालिममा सहभागिभएको बताउदै तालिमबाट धेरै नयाँ कुराको जानकारी हासिल भएको बताईन् । उनले बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकिकरणमा राख्न वडालाई अनुरोध गरिन् ।
उनले अभिमुखिकरणबाट सिकेको कुरालाई बालक्लबका अन्य पदाधिकारीहरुलाई जानकारी गराउने र ब्यवहारमा समेत उतार्ने प्रतिबद्धता गरिन् ।
नाईस नेपालगन्जका सह–सचिव माधब कार्कीले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश नाईस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिईन् । सो अभिमुखिकरणमा वडा अध्यक्ष राजकुमार साहु, वडा सचिब सुर्य नेपाली, वडा सदस्य मेराज अहमद बागवान, अरुण कुमार मिश्र, मैतिकुमारी बिक, वडाका कर्मचारी चित्राकुमारी पुन लगायतको उपस्थिती रहेको थियो ।