नेपालगन्ज १३ असार : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा भोली शुक्रबारदेखि आईतबारसम्म तीन दिन देशभर वर्षा हुने बताएकोछ ।
नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो ।
महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आईतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा, कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
महाशाखाले शुक्रबारदेखि आईतबारसम्म तीन दिन मेघगर्जन÷चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बुलेनटिमा उल्लेख छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र