असार २४ सम्म नेपालगन्जको पुँजीगत खर्च ७० प्रतिशत


सेतोखरी सेतोखरी   बुधबार, असार २६, २०८१
असार २४ सम्म नेपालगन्जको पुँजीगत खर्च ७० प्रतिशत

नेपालगन्ज २६ असार : चालु आर्थिक वर्षको अन्तिम हप्तामा  नेपालगन्ज उपमहानगरपालिकाले पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ मा कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपैयाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपैयाँ मात्रै खर्च भएको हो ।

नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको सो खर्चमध्ये चालुतर्फ ८३.४७ प्रतिशत र पुँजीगततर्फ ७०.१८ प्रतिशत गरी जम्मा ७९.२७ प्रतिशत खर्च भएको छ ।

यसैगरी, चालु आवमा एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ७५ करोड ४७ लाख एक हजार ३५९ रुपैयाँ मात्रै प्राप्त भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीय तहहरूमा असार २४ गतेदेखि आर्थिक कारोबार बन्द भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरभित्र पुँजीगततर्फ शतप्रतिशत खर्च हुने अवस्था निर्माणका लागि प्रयास गरिरहेको भन्दै आगामी वर्ष सबैको साथ र सहयोगमा पुँजीगत खर्च शतप्रतिशत पु¥याउन सकिने बताए ।

नेपालगन्ज उपमहानगरले २३ वटै वडामा वडा कार्यालयको अलगै खाता सञ्चालन गरी आर्थिक कारोबारको अधिकार दिएको छ ।