नेपालगन्ज २९ असार : सरकारले संक्रामकको सूचीमा ५२ रोगलाई राजपत्रमा सूचीकृत गरेको छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको हो ।
रेबिज, क्षयरोग, कोभिड–१९, डेंगु , जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एचआईभी एड्स, इन्फ्न्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरसलाई संक्रामक रोगमा सूचीकृत गरिएको छ ।
यस्तै, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङगो हेमोरेजिक, मारबर्ग भाइरल डिजिज्, सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस, भ्यागुते रोगलाई पनि संक्रामकको सूचीमा राखिएको छ ।
सरकारले निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रिसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिटिस्टसकोसिस, चिननगुनिया, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई संक्रामक रोग भनेको छ ।
५२ वटालाई सरुवा रोग घोषणा गरेपछि अब यसको आधारमा रिपोर्ट र उपचार गर्ने व्यवस्था मिलाउन सहज हुन्छ । स्थानीय स्वास्थ्य संस्थामा ५२ मध्ये कुनै पनि रोग पत्ता लागेमा त्यसको जानकारी केन्द्र र प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने हुन्छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र