नेपालगन्ज २९ असार : नेपाली काँग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । काँग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
काँग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । उक्त सरकारमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड बनाउन शनिबार कांग्रेसको बैठक बसेको हो ।
यस्तै, नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका सातसहित ११ जनाको मृत्यु र अविरल वर्षाका कारण देशभर विभिन्न भूभागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
युद्धस्तरमा उद्धार, हराएकाको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई बैठकबाट आग्रह गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र