नेपालगन्ज ३ साउन : वैदेशिक रोजगार विभागका अनुसार दैनिक औसतमा दुई हजार ३० जनाभन्दा बढीले रोजगारीको लागि देश छोड्ने गरेको पाइएकोछ ।
गत आर्थिक वर्ष २०८०-८१ मा प्रत्येक महिना औसतमा ६१ हजार ७७५ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारमिा गएको देखिन्छ । उक्त अवधिमा दैनिक औसतमा दुई हजार ३० जनाभन्दा बढीले रोजगारीको लागि देश छोडेका छन् ।
गत आर्थिक वर्ष २०८०-८१ मा सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०७९-८० को तुलनामा गत आर्थिक वर्ष २०८०-८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या ३.८९ प्रतिशतले घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९-८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ३० हजार २५ जनाले कम देखिएको छ । पछिल्लो महिना असारमा मात्र ५८ हजार ७३६ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार ०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कार्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८ चैतमा ७० हजार ९३३, २०८१ वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ८६१ र असारमा ५८ हजार ७३६ जना नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ ।
गत आर्थिक वर्ष २०७९-८० मा कुल सात लाख ७१ हजार ३२७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । तीमध्ये ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ जना महिला छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा गएकाहरूबाट नेपालमा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष सुरु भएयता प्रत्येक महिना औसतमा एक खर्ब २० अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी