नेपालगन्ज ३ साउन : नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको पाइएकोछ । गत आर्थिक वर्ष २०८०–०८१ मा निर्धारित लक्ष्य भन्दा न्यून राजश्व नेपालगन्ज भन्सार कार्यालयले संकलन गरेको हो ।
चिनी आयात रोकिएपछि नेपालगन्ज भन्सार कार्यालयले आफ्नै पूर्वनिर्धारित लक्ष्य भेट्टयाउन सकेन । गत आवमा २८ अर्व ६६ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले १८ अर्व १५ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन गरेको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
गत आवमा ६३.३४ प्रतिशत राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९–८० मा भन्सार लक्ष्य २९ अर्व ३२ करोड रुपैयाँ रहेकोमा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । अघिल्लो आव भन्दा गत आवमा करिब चार करोड कम राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आवमा चिनी आयातबाट मात्रै करिब ९० करोड रुपैयाँ सङ्कलन भएकोमा गत आवमा चिनीबाट शून्य राजस्व सङ्कलन भएको भन्सार प्रमुख विश्वकर्माले बताए ।
‘चिनीसँगै डिजेल, चामल, जुत्ताचप्पलको आयात घट्ता समग्रमा राजस्व सङ्कलनमा कमी आएको छ’ भन्सार प्रमुख विश्वकर्माले बताए ।
नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ । नेपालगन्ज नाकाबाट जडीबुटीलगायतका सामग्रीको निकासी हुने गरेको छ ।
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि