नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटद्वारा विधान प्रतिकूल कार्य गरेको ठहर, अध्यक्ष धामीले सोधे स्पष्टीकरण


सेतोखरी सेतोखरी   बिहीबार, साउन १०, २०८१
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटद्वारा विधान प्रतिकूल कार्य गरेको ठहर, अध्यक्ष धामीले सोधे स्पष्टीकरण

नेपालगन्ज १० साउनः नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटलाई स्पष्टीकरण सोधिएको छ । संघका अध्यक्ष टंकबहादुर धामीले रानाभाटलाई स्पष्टीकरण सोधेका हुन् ।

रानाभाटले जानी जानी कार्यसमितिको बैठकमा अनुपस्थित रही संघको कार्यमा असहयोग गरेको र बैठकको जानकारी पत्र समेत बुझ्न इन्कार गरी विधान विपरितको पदीय मर्यादामा नरही विधान प्रतिकूल कार्य गरेको ठहर गरिएको छ । 

अध्यक्ष धामीले बुधबार सोधेको स्पष्टीकरणमा रानाभाटबाट लिखित रुपमा विधानको दफा २९(ठ) बमोजिम लिखित स्पष्टीकरण मागेका छन् ।

उल्लेखित विषयहरुका सम्बन्धमा पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आफै उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ । उक्त अवधिभित्र लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण र प्रमाणहरु सन्तोषजनक नदेखिएमा विधान बमोजिम कारबाही भै जाने चेतावनी दिइएको छ ।