नेपालगन्ज १० साउन : नेपालगन्ज नाकाबाट मात्र गत आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब ११ करोड रुपैयाँ बढीको आलु भारतबाट आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपैयाँको ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको हो ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० भन्दा गत आवमा १८ करोड रुपैयाँको आलु आयात वृद्धि भएको हो । आर्थिक वर्ष २०७९–८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवम सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा १८ करोड भन्दा बढीको आलु आयात भएको बताए ।
उनले आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७९–८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आव २०८०–८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताए ।
आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपियाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमद खाँले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग धेरै रहेको प्रमाणित गरेको बताए ।
उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई