नेपालगन्ज १३ साउन : सञ्चालन खर्च धान्न नसकेर दाङमा गत आर्थिक वर्षमा ८७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । यद्यपि, व्यवसाय बन्द गर्ने र खोल्नेको संख्या समान छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन् ।
नयाँ दर्ता गर्नेको संख्या र बन्द गराउनेको संख्या उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोषकुमार सुवेदीले बताए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्य बढी छन् ।
सञ्चालन घाटा भएपछि उद्योगको लगत कट्टा गर्नुपरेको व्यवसायीले बताएका छन् । यो अवधिमा चार सय ७१ वटा उद्योग बन्द भएका छन् । समीक्षा अवधिमा पाँच सय ९६ वटा फर्म दर्ता भएकामा पाँच सय ९२ वटा निजी र चारवटा साझेदारी फर्म छन् ।
एक हजार चार सय ५७ वटा फर्मको नवीकरण भएको छ भने दुई सय ९२ वटाले पुँजी वृद्धि गरेका छन् । एक वर्षमा पाँच सय १३ वटा उद्योग थपिएका छन् । थपिएका उद्योगमा पाँच सय ४८ जना नयाँ उद्यममा दत्तचित्त भएर लागेका छन्भने एक हजार पाँच सय ६२ जनाले रोजगारी प्राप्त गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
एक हजार एक सय ५६ वटा उद्योगले नवीकरण भएका छन् । यो अवधिमा उत्पादनमूलक उद्योग ९८ वटा थपिएका छन् । कृषि तथा वनजन्य उद्योग दुई सय ३१ वटा थपिएका छन् । पर्यटन उद्योगतर्फ ६१ वटा थपिएका छन् । सेवामूलक उद्योगको एक सय २३ पुगेको छ । -रासस
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई