नेपालगन्ज १७ साउन : नवनियुक्त प्रदेश प्रमुखहरूले आज शपथग्रहण लिदैछन् । राष्ट्रपति निवास शीतल निवासमा तीनै प्रदेशका प्रमुखले साँझ ५ बजे शपथ लिनेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रमुख नियुक्त गरिएको जनाएको छ ।
यसअघि यी प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा (बागमती) तथा माओवादी निकट, अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली) थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र