नेपालगन्ज १८ साउन : प्युठानमा तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरु एकै परिवारका सदस्य हुन् ।
गौमुखी गाउँपालिका–५ का एकै परिवारका तीनजना हैजा संक्रमित भएको गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।
तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनैजनामा हैजा पुष्टि भएको हो’, उनले भने । गौमुखी गाउँपालिकाका आठजनामा झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । -रासस
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र