नेपालगन्ज १९ साउन : उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्ष २०८०–०८१ मा गरिएका अनुगमनका क्रममा भेटिएको पाँच लाख ७२ हजार ९३ रुपैयाँको अखाद्य नष्ट गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका अनुसार गत आर्थिक वर्षमा गरिएको विभिन्न अनुगमनमा क्रममा व्यवसायीका पसलबाट म्याद नाघेका, खान अयोग्य र बिक्री गर्न समेत अयोग्य रहेका ठुलो परिमाणका मालसामान जफत गरी नष्ट गरेको थियो ।
यो तथ्यांकले नेपालगन्जमा व्यवसायीले म्याद नाघेका, खान अयोग्य तथा बिक्री गर्न अयोग्य मानिएका विभिन्न मालसामान खुला रूपमै बिक्री गर्ने गरेको पुष्टि हुन्छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक वर्षमा गरेको अनुगमनमा स्टेशनरी, कस्मेटिक, फलफूल तरकारी, मदिरा, हार्डवेयरलाई कारबाही गरेको पाइन्छ । सो कार्यालयका अनुसार सहरी क्षेत्र भन्दा गाउँका बजारमा बेथिति अनुगमनका बेला बढी भेटिने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन समिति र सरकारी विषयगत कार्यालयको अनुगमन पनि सहरीक्षेत्रमा नै बढी केन्द्रित हुने गरेको छ । स्थानीय तहले समेत बजार अनुगमन गर्दा सहर बजारलाई नै प्राथमिकतामा राखेको पाइएको छ ।
बजार अनुगमनमा क्रममा म्याद नाघेका, बिल, बिजक जारी नगर्ने गरेको, मालसामानको भण्डारण नियम बमोजिम नगरेको, लेबलिङ्ग सहजै बुझिने नभएको, पसल व्यवसाय दर्ता नगरेको लगायत कैफियत भेटिएको छ ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई