कोहलपुर १९ साउन : कोहालपुरमा शनिवार ४० जनाले रगतदान गरेका छन् ।
नेपाल सिलाई तथा कपडा ब्यवसायी संघ बाँके र उद्योग ब्यापार संघ कोहलपुरको आयोजना तथा बाँके सुनचाँदी तथा गहना ब्यबसायी संघको समन्वयमा आयोजित रक्तदान कार्यक्रमबाट ४० प्वाईन्ट रगत संकलन गरिएको उद्योग ब्यापार संघ कोहलपुरका अध्यक्ष बिष्णु प्रासद खनालले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा रहेको ब्लड बैंकको कार्यकक्षमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर क्षेत्रका ब्यापारी, ब्यबसायी तथा स्वस्फुर्तरुपमा आएका युवाहरुबाट रगत संकलन गरि ब्लड बैंकलाई हस्तान्तरण गरिएको हो ।
रक्तदाता महिला सरितादेवि ज्ञावलीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता उद्योग ब्यापार संघ कोहलपुरका बिष्णु खनालले गरेका थिए । रक्तदाताहरुलाई सम्मान स्वरुप प्रमाण पत्र समेत वितरण गरिएको कार्यक्रमको सञ्चालन उद्योग ब्यापार संघ कोहलपुरका महासचिव शंकर न्यौपानेले गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र