नेपालगन्ज २० साउन : प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए ।
गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको उनले बताए । उनीहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
‘३५ वर्षको पुरुष भखरै भारतबाट फर्किएका हुन् । घरका अन्य व्यक्तिमा पनि झाडापखला लगायतका लक्षण देखिएको छ,’ गुप्ताले भने, ‘संक्रमणको स्रोत पहिचान गर्न पानीको नमुना संकलन ल्याएका छौं ।’
प्युठान गौमुखी गाउँपालिकाका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको हो । तीन जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पठाइएको थियो । जसमध्ये दुई जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामीमध्ये तीन जना उपचार पछि घर फर्केका छन् । तीन जनाको हाल उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको र दुई वा तीन दिनमा डिस्चार्ज हुने बताइएकोछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरको गोदावरी, ग्वार्को इमाडोललगायत क्षेत्रका १६ जनामा हैजा देखिएको छ । काठमाडौँको टोखाका १ जना गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, कैलालीका ८ जनामा हैजा सङ्क्रमण देखिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र