नेपालगन्ज २३ साउन : काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ ।
आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको (नाइनएन एएनयू) उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्तीसोनारी गाउँपालिका वडा–१ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताए ।
काठमाडौँबाट नेपालगन्ज लागि उडेको उक्त हेलिकप्टर नेपालगन्जपछि बैतडी जाने योजना रहेको थियो । प्रतिकुल मौसमका कारण आकस्मिक अवतरण गराइएको उक्त हेलिकप्टर अहिले नजिकैको सशस्त्र ब्यारेकमा राखिएकोछ ।
हेलिकप्टरमा पाइलटसहित तीनजना छन् । दुईजना पर्यटकलाई बोकेर हेलिकप्टर बैतडी जाँदै थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र