नेपालगन्ज २५ साउन : सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा नेपालगन्जका तीनसहित भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनका राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
यस्तै नेपालगन्जको एडभेन्चर÷जे.वि.जे.भिलाई कालो सूचीमा राखिएकोछ । सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, दाङको सिफारिसमा जय बागेश्वरी माता कन्स्ट्रक्सन प्रा.लि. नेपालगन्ज–१८ बाँकेका मुख्य ब्यक्ती यज्ञ बहादुर खत्री रहेकाछन् । दुई वर्षका लागि कालो सूचीमा राखिएकोछ ।
यसैगरी, श्री बिल्डर्स, राप्तीसोनारी गाउँपालिका–७, बाँकेलाई सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, सुर्खेतको सिफारिसमा दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । श्री बिल्डर्स राप्तीसोनारीका मुख्य ब्यक्ति शोभाराम मौर्य रहेकाछन् ।
कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन÷मैनाचुली÷खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।
काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
हेरौं कालोसूचीमा परेका कम्पनीको विवरण

रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई