नेपालगन्ज ३० साउन : स्वास्थ्य क्षेत्रको व्यवसायीक प्रतिस्प्रर्धा र गुणस्तरीय स्वास्थ्य सेवामा आम सर्वसाधरणको आर्कषण बढाउन भेरी अस्पतालले सेवा शुल्क घटाएकोछ ।
पश्चिम नेपालका बिरामीहरुको भरोसाको केन्द्रका रुपमा रहेको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको हो ।
भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।
यो पनि पढ्नुहोस् भेरी अस्पतालको टिकट घर बसेरै अनलाईनबाट काट्न सकिने
समितिका अनुसार भेरी अस्पतालको सेवा सुविधामा सुधार गर्ने अभियान सुरु गरेर सोही अन्तर्गत विभिन्न निर्णय गर्दै कार्यान्वयन गर्न थालिएको हो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहका अनुसार यस क्षेत्रका विपन्न, गरीब र मध्यमवर्ग लगायत सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न सेवा शुल्क घटाएको बताए ।
उनका अनुसार अस्पतालबाट प्रवाह भइरहेको ओपिजी शुल्क एक हजार ५०० बाट घटाएर ८०० रुपैयाँ, डेक्सा स्क्यान शुल्क दुई हजार ५०० बाट घटाएर एक हजार ५०० कायम गरिएको छ । सोही प्रकारले एमआरआई सेवाको शुल्क पनि घटाइएको छ ।
यसैगरी, अस्पतालले इमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको व्यवस्थापन गरी चौबिसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरेको छ भने अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथाशीघ्र सञ्चलनमा ल्याउने निर्णय पनि गरिएको अध्यक्ष शाहले जानकारी दिए ।
अस्पताल विकास समितिका अनुसार प्राविधिक खराबीका कारण बन्द रहेको सिटी स्क्यान मेसिन यथाशीघ्र मर्मत गरी सेवा सञ्चालन गरिने तथा नयाँ सिटी स्क्यान खरिद गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरिएको छ ।
यो पनि पढ्नुहोस् भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा
अस्पतालले यसअघि नै अनलाइन टिकटको व्यवस्था गरिसकेको छ भने ओपिडी टिकट काउण्टरमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलाहरु लाइनमा नबसी यथाशीघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउदै आएकोछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक ५०० देखि एक हजारभन्दा बढीको सङ्ख्यामा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । भेरी अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार हुने हुँदा पछिल्लो समय उपचारका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता क्रमश कम हुँदै गएकोछ ।
यसैबीच, भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरू भएको छ । तीन वर्ष अगाडि एउटा ओपिडी कोठाबाट सेवा सुरू गरेको आँखा विभागले ओपिडी सेवा विस्तार गरिरहेको छ भने आजकै दिनबाट सर्जिकल सेवा पनि शुरुआत गरेको हो ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्