नेपालगञ्ज औद्योगिक क्षेत्रका ३४ उद्योगमा आठ सयलाई रोजगारी
नेपालगन्ज ३१ साउन : नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सयजनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् ।
ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य पूर्ण केसीले बताए ।
औद्योगिक क्षेत्रमा मात्र नभई बाँकेका अधिकांश उद्योगमा महिला कामदारको संख्या न्यून छ । औद्योगिक क्षेत्रमा रहेको गणपति प्लास्टिक उद्योगकी सञ्चालिका दिला शाहले महिलामाथि सदियौंदेखि हुँदै आएको भेदभावको प्रभाव निजीक्षेत्रमा पनि परेको बताउछिन् ।
‘महिलाले के नै गर्न सक्छन् र, भन्ने सोँचमा अझैँ समाजमा छ । नेपालगन्ज औद्योगिक क्षेत्रमा मात्र होइन, देशभरको निजीक्षेत्रमा यस्तै समस्या छ,’ शाहले अगाडी भनिन्, ‘अब विस्तारै महिलाहरू शीपयुक्त भएर उद्योग क्षेत्रमा आइरहनुभएको छ ।’ राज्यले महिलालाई शीपयुक्त बनाउन सके निजीक्षेत्रले रोजगारी दिन कन्जुस्याइँ नगर्ने उनको भनाईछ ।
उद्योगबाट रोजगारी सृजना भएको संख्या धेरै देखिए पनि वास्तविकता भने फरक छ । थोरै मात्र नेपालीले रोजगारी पाउने गर्छन् । प्राविधिक शीपको अभाव देखाउँदै नेपालीले काम पाउँदैनन् । औद्योगिक क्षेत्रभित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने भेरी प्राविधिक शिक्षालयसमेत सञ्चालनमा छ ।
विसं. २०३० मा २३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडा उत्पादन हुने गरेका छन् ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई