नेपालगन्ज ३१ साउन : बाँकेको खजुरा गाउँपालिकाले ‘एक वडा एक गौरब’का आयोजना सञ्चालन गर्ने भएकोछ । गाउँपालिकाले पालिकामा सञ्चालन हुने टुक्रे योजनालाई हटाउँदै एक वडा एक गौरबको योजना अघि बढाएको हो ।
विकास निर्माणका योजना प्रभावकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई हटाउँदै पालिकाको बृहत्तर हितका लागि यस्तो योजना सञ्चालन गरिन लागिएको छ ।
यसका लागि गाउँपालिकाले आर्थिक वर्षमा २०८१÷०८२ मा पालिकाका सबै वडामा कम्तीमा एक करोड रुपैयाँ बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।
‘एक वडा एक गौरब’को योजना अनुसार खजुरा गाउँपालिका वडा नम्बर–१ मा वडा कार्यालय निर्माण, वडा नम्बर–२ मा बहुउद्देशीय सभाहल, वडा नम्बर–५ मा सभाहल निर्माण गरिनेछ ।
त्यसैगरी खजुरा गाउँपालिकाको वडा नम्बर ३,४,६,७ र ८ मा सडक निर्माण गरिने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए ।
विकास निर्माण योजना प्रभावकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई हटाउँदै यही आर्थिक वर्ष २०८१-८२ को लागि ‘एक वडा एक गौरबका योजना’ सञ्चालन गर्ने गरि वडास्तरमा योजना तर्जुमा गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् ।
‘टुक्रे भन्दा उपलब्धि देखिने र जनतालाई तत्काल राहत मिल्ने योजनालाई प्राथमिकता दिई टोल विकास समितिको पहलमा बस्ती स्तरमा भेला गरी योजनाको माग संकलन गरि वडा, विषयगत समिति, कार्यपालीका हुँदै गाउँसभाबाट पारित गरिएकोछ’ उपाध्यक्ष मल्लले बताइन् ।
स्थानीय बासिन्दाको अपनत्व र जनसहभागीताका लागि समस्या, आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गरिएका एक वडा एक गौरबका योजना छिटो भन्दा छिटो टेण्डर प्रकृया गरि कार्यान्वयनको तहमा लैजाने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ( तुफान ) ले बताए ।
केन्द्र, प्रदेश र पालिकाले नै अगाडि बढाएका गौरवका आयोजनाहरु पूर्ण हुँदा खजुरा एउटा समृद्ध शहरका रुपमा विकास हुनेमा दुईमत नरहेको अध्यक्ष तुफानको भनाई छ ।
खजुरा गाउँपालिका पश्चिममा बाँके र बर्दिया छुट्टयाउने भादा नदीसम्म, दक्षिणमा नेपाल–भारत सीमासम्म पूर्वमा जानकी गाउँपालिका र उत्तरमा बैजनाथ गाँउपालिकासँग यसको सीमाना जोडिएको छ ।
अख्तियारमा झुटा उजुरी दिने रुकुमका दीपकलाई २ हजार जरिवाना
खगेन्द्रले दिए पार्टीलाई लिखित जवाफ अब छानबिन र ‘बयान’समेत हुनसक्छ
कांग्रेस महाधिवेशन : सबै मतपरिणाम आज साँझसम्म घाेषणाकाे तयारी
जाजरकोटमा जीप खस्यो, दुईजनाको मृत्यु
सांसद खगेन्द्र प्रकरणपछि चर्चामा रास्वपाको ‘राइट टु रिकल’
प्रहरीले चामल खोस्यो, कृष्णनगरका ब्यापारीले गरे ‘आत्मदाह’को प्रयास