नेपालगन्ज ३२ साउन : नयाँ आर्थिक वर्ष सुरु भएको २५ दिनमै हुलाकी कार्यालय नेपालगन्जको बजेट सकिएकोछ । सामान्यतया नेपालमा आर्थिक वर्षको अन्तिममा मात्र विकासे बजेट खर्च गरेर सकिने गरेको छ । तर, बाँकेको एक सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८१–८२ को विनियोजित बजेट पहिलो महिना साउनमै सकिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले चालु आवको सम्पूर्ण बजेट साउनमै सम्पन्न भएको जानकारी दिए । चालु आवमा ७९ करोड बजेट विनियोजन भएकोमा ७७ करोड रुपैयाँ साउन २५ गतेभित्र भुक्तानी गरिसकेको भण्डारीले बताए ।
प्रमुख भण्डारीले भने, ‘गत आवको काम सम्पन्न भएको तिर्नुपर्ने दायित्व रकम बुझाएपछि हाल कार्यालयमा बजेट शून्यताको अवस्था आएको छ ।’
बजेट अभावका कारण गत वर्ष काम सम्पन्न गरेका निर्माण ब्यवसायीलाई महालेखा परीक्षक फाराम नं. २२१ भरी प्रमाणित भएको रकम निर्माण ब्यवसायीलाई बुझाएपछि विभागसँग थप रकम माग गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख भण्डारीले निर्माण ब्यवसायीलाई कानून बमोजिम र नियमसंगत ठेक्काको दायित्व भुक्तानी गर्न नसक्दा निर्माण ब्यवसायीसँगै सरकारलाई पनि थप दायित्व सिर्जना हुन सक्ने बताए ।
निर्माण ब्यवसायीलाई समयमा भुक्तानी दिन नसक्दा नेपालगन्ज–गुलरिया चार लेन सडकको काम प्रभावित भएको जानकारी दिदैं राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएकाले चालु आवमा बजेट अभावको सामना गर्नु नपर्ने आशा देखिएको बताए ।
समयमै भुक्तानीको काम सम्पन्न भएको भए दशैंभित्र बर्दिया सदरमुकाम गुलरियासम्म चारलेन सडकको काम करिब सम्पन्न हुने निर्माण ब्यवसायीको दाबी भए पनि बजेट अभाव देखिएको कार्यालयले जनाएको छ ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई