नेपालगन्ज १ भदौ : वाणिज्य बैंकहरूले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक सूचनाअनुसार भदौ महिनाका लागि १२ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । ६ वटाले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई वटा बैंकले मात्र ब्याजदर बढाएका पाइएको छ ।
भदौ १ गतेदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । प्रकाशित ब्याजदर अनुसार औसतमा मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १७ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।
भदौ महिनका लागि प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत बिन्दु र सिटिजन्स बैंकले ०.४ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । यी दुई बैंकहरुले भदौ महिनाका लागि क्रमशः६.७५ प्रतिशत र ६.९ प्रतिशत ब्याजदर तोकेका छन् । साउनमा भने दुवै बैंकले ६.५ प्रशित ब्याज प्रदान गरेका थिए ।
यस्तै, ग्लोबल आइएमई बैंक, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी बैंकहरुले साउनमा क्रमशः ६.२५ प्रतिशत, ६.१७ प्रतिशत ६.५, ७, ७ र ७ प्रतिशत ब्याज प्रदान गरेका थिए । सोही ब्याजदर भदौ महिनाका लागि पनि तोकेका छन् ।
भदौ महिनाक लागि नेपाल बैंकसहित १२ वटा बैंकले ब्याजर घटाएका छन् । नेपाल बैंकले साउनका तुलनामा औसत १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो । साउनमा बैंकले ६.२५ प्रतिशत ब्याज दिएको थियो । तर, भदौका लागि भने ५.२५ प्रतिशत कायम गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर ६.६ प्रतिशत कायम गरेको छ । यता, नेपाल एसबिआई बैंकले पनि ०.५ प्रतिशत घटाएर ६.२५ प्रतिशत कायम गरेको छ।
यस्तै, एनआइसी एशिया र एनएमबि बैंकले पनि ०.१२ प्रतिशत बिन्दुले घटाएर ७.४१ प्रतिशत कायम गरेका छन् । यी दुई बैंकले ब्याजदर घटाए पनि भदौ महिनामा सर्वाधिक ब्याज प्रदान गर्ने शीर्ष सूचीमा छन् ।
त्यसैगरि प्रभु बैंकले पनि ०.९ प्रतिशत बिन्दुले घटाएर ६.१ प्रतिशत ब्याजदर तोकेको छ । साउनमा भने बैंकले औसत ७ प्रतिशत ब्याज प्रदान गरेको थियो ।
यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ०.१४ प्रतिशत, कृषि विकास बैंकले ०.२३८५ प्रतिशत घटाएर क्रमशः ६.०७ प्रतिशत र ६.०६ प्रतिशत कायम गरेका छन् ।
भदौ महिनाका लागि सानिमा बैंकले पनि ०.२ प्रतिशत, सिद्धार्थले ०.२५ प्रतिशत र एभरेष्टले ०.२ प्रतिशत बिन्दुले घटाएर क्रमशः ६.२ प्रतिशत, ६.५ प्रतिशत र ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई