नेपालगन्ज २ भदौ : नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपालीहरुको चाडबाड नजिकिदैँ जाँदा सुन र चाँदीको मूल्यमा बृद्धि हुँदै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ ।
आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको तुलनामा भने आईतबार सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो । आईतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई