नेपालगन्ज ३ भदौ : नेपालगन्जलाई मात्र नभएर सिंगो नेपाललाई विश्वभर चिनाउने ‘नेपालगन्ज म्याराथन’को १० औँ संस्करण आउँदो मङ्सिर २२ गते आयोजना हुने भएको छ ।
म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दसौँ संस्करणको मिति तय गरेको हो । सरकारले बृहत् राष्ट्रिय खेलकुदको मिति तय गरेसँगै काउन्ट डाउन सुरु गरिसकेको हुँदा नेपालगन्ज म्याराथनको मिति पछाडि सारिएको हो ।
नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन २०६३ मङ्सिर ५ गतेको स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुँदै आएको छ ।
नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।
यस वर्ष केही विधामा नगद पुरस्कार राशिमा वृद्धि गरिने आयोजक क्रियटिभ ह्याण्ड्स टिएस ठकुरीले बताए । नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि पुरुषतर्फ गोपीचन्द्र पार्की र महिलामा सन्तोषी श्रेष्ठले जितेका थिए ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन