नेपालगन्ज ४ भदौ : भाडाको घरबाट सेवा दिँदै आएको बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–४ को वडा कार्यालयले आफ्नै नयाँ भवन पाएको छ ।
खजुरा गाउँपालिका– ४ ई गाउँमा वडाको नयाँ भवन बनेसँगै भाडाको घरबाट वडा कार्यालय ई गाउँ स्थित आफ्नै भवनमा सरेको छ ।
नवनिर्मित भवनको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ र उपाध्यक्ष मञ्जु मल्लले सोमबार संयुक्तरुपमा भवनको उद्घाटन् गरेका छन् ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तुफानले वडा कार्यालय व्यवस्थित भएसँगै वडा तहको कार्य सम्पादन पनि व्यवस्थित हुने विश्वास ब्यक्त गरे ।
उनले नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने अपेक्षा गरे ।
‘हामीले चुनावमा गरेको एउटा महत्वपूर्ण प्रतिबद्धता पुरा गरेका छौ । चुनावको बेला वडा नम्बर–४ को वडा भवन बनाउँछु भनेर प्रतिबद्धता गरेका थियौं, आज पूरा भयो ।’ अध्यक्ष विकले भने ।
खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने दाबी गरिन् । उनले व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको उल्लेख गर्दै कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्ने र स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गरिन् ।
वडा नम्बर–४ का वडा अध्यक्ष टेक बहादुर रोकायले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए ।
भवन उद्घाटन कार्यक्रम खजुरा गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना, वडा नम्बर–२ का वडा अध्यक्ष धनराम ओली, विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय नागरिक लगाएतको सहभागीता रहेको थियोे ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी