नेपालगन्ज ४ भदौ : दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रा सुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु भएको हो ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा काठमाण्डौंको हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् ।
काठमाडौँ उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले त्यहाँ यो पर्व विशेष हुने गर्छ । आज गाईजात्राको दिन वसन्तपुर र हनुमानढोका क्षेत्र लगायत देशभर नेवा समुदायको बाहुल्यता भएको स्थानमा यसैगरी गाईजात्रा मनाइएको छ ।
बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ । साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने गर्दछन् ।
नेवाःपुच बाँकेको आयोजनामा मङ्गलबार विहान नेपालगन्जमा गाईजात्रा निकालिएको हो । सुर्खेत रोड स्थित स्वस्तिक कटेजबाट निकालिएको गाईजात्राले धम्बोझी बाट सेतुविक चोक हुदैँ न्यूराडबाट बागेश्वरी मन्दिरमा पुगेको थियो ।
नेपालगन्ज्मा गाईजात्रा पर्वलाई भब्य बनाउन बाँके जिल्लाका सम्पुर्ण नेवाः गुठी, खलः, पुच तथा नेवाः संघ संस्थासंग सहकार्य गरिएको नेवा सुमदायका अगुवा समेत रहेका कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
नेवाः पुचः बाँकेका अनुसार यसवर्ष नेवार समुदायका १० जना परिवारले आफ्ना सदस्य तथा आफन्तको सम्झनामा संयुक्त रुपमा गाईजात्रा निकालेका छन् ।
हेरौं तस्विर :











सबै तस्विरहरु: विजय मल्ल /सेतोखरी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?