नेपालगन्ज।
बाँकेको कोहलपुरबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ परेका छन्। बाँके जिल्ला प्रहरी कार्यालयको एउटा टोलीले कोहलपुरस्थित एउटा होटलमा छापा मारेर उनिहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले सेतोखरीलाई दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा उक्त होटलमा प्रहरीले छापा मारेको थियो।
उनका अनुसार पक्राउ पर्नेहरूमा ४० जना भारतीय र दुई जना नेपाली नागरिक छन्। उनिहरूको बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।
कोहलपुरको न्यूरोडस्थित म्याक्स होटेलमा ‘अनलाइन जुवा’ खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालयको टोली छापा मार्न पुगेपछिमात्रै इलाका प्रहरी कार्यालय कोहलपुरले थाहा पाएको थियो।
‘त्यहाँ अनलाइन ग्याम्बलिङ भइरहेको सूचना पाएपछि हाम्रो टोलीले छापा मारेको हो। ४० जना भारतीय र दुई जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएका छौं’ उनले भने ‘बाँकी कुरा अनुसन्धानपछि थाहा हुन्छ।’
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?