नेपालगन्ज ७ भदौ : नेपाली काँग्रेस बाँकेले सक्रिय सदस्यता कार्ड वितरण सुरु गरेको छ । आजदेखि सक्रिय सदस्यता कार्ड वितरण सुरु भएको हो ।
वडा अध्यक्षहरुलाई सक्रिय सदस्यता कार्ड वितरण सुरु गरिएको पार्टी कार्यालय सचिव अमित कँडेलले जानकारी दिए ।
अध्यक्ष नारायणप्रसाद गौडेललगायत पार्टीका पदाधिकारीले सम्बन्धित वडा अध्यक्षलाई सक्रिय सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
‘पहिलो दिन क्षेत्र नम्बर– ३ को वडा सभापतिलाइलाई फोन गरेर परिचयपत्र दिएँ, आईतबार क्षेत्र नम्बर–१ र २ को वडा सभापतिलाइले पार्टी कार्यालयबाट परिचयपत्र वितरण गरिनेछ,’ प्रवक्ता डिल्ली गिरिलेले भने ।
सचिव सुधांशु कोइराला, सहसचिव रेणुसिंह ठाकुर, प्रवक्ता गिरी, सदस्य रामचन्द्र गुप्ताले कार्ड वितरण गरेका थिए ।
वडा अध्यक्षले पार्टी छाडेका, पार्टीबाट हटाइएका, मृत्यु भइसकेका र बाँकी रहेका कार्ड भुक्तान गर्न बाँकी रहेका र निभिएका कार्ड पार्टी कार्यालयमा पुनः भरेर बुझाउनुपर्ने भएको छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ