File Photo
नेपालगन्ज ७ भदौ : नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रले भोली शनिबार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा विद्युत सप्ला बन्द गर्ने भएकोछ ।
कोहलपुर वितरण केन्द्र अन्र्तगतको राँझा फिडरमा डबल सर्किट बनाउने कार्य गर्न आवश्यक भएकोले भोली शनिबार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म विद्युत सप्लाई बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रले एक सूचना जारी गर्दै सो जनाएको छ ।
कोहलपुर वितरण केन्द्रका अनुसार ईण्डष्ट्रियल फिडर र राँझा फिडर अन्र्तगत कोहलपुर नगरपालिका वडा नम्बर–४ आलिनगर र गहवा, वडा नम्बर ६,७,८,९, १० र १५ का चौधरिया, परसेनियपुर, जानकी गाउँपालिका वडा नम्बर–६, खजुरा गाउँपालिका वडा नम्बर–४ एफ गाउँ र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को मनिकापुर, शुकरामपुर, कोठारपुरमा विद्युत अबरुद्ध हुने भएको हो ।
उक्त समयभन्दा अगाडी कार्य सम्पन्न भएमा निर्धारित समय अगाडी नै विद्युत सप्लाई सञ्चालन गरिने कोहलपुर वितरण केन्द्रले जनाएकोछ ।
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१३ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?