नेपालगन्ज ८ भदौ : प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितिले दोस्रो वार्षिक उत्सव मनाएको छ । शनिबार सहिद स्मृती भवन कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गर्दैै सेन्टरले वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा प्रेस सेन्टर कोहलपुरद्वारा स्थापित पुरस्कार समेत वितरण गरीएको छ । कार्यक्रममा ‘स्व.दीप बहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार–२०८१’ बाट कल्पना शाही पुरस्कृत भएकी छन् । प्रेस सेन्टर नेपाल, कोहलपुर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दीप बहादुर विश्वकर्माको स्मृतिमा स्थापना गरीएको पुरस्कारबाट शाही पुरस्कृत भएकी हुन् ।
कार्यक्रका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले शाहीलाई नगद पाँच हजार सहित कदरपत्र प्रदान गरेका थिए । उक्त अवसरमा बोल्दै न्यौपानेले समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका उल्लेखनिय रहेको भन्दै प्रशंसा गरेका थिए ।
पछिल्लो समय पत्रकारहरुबाट बढि अपेक्षा गर्ने तर, उनीहरुको श्रमको मुल्याङकन नगर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै न्यौपानेले राज्यको चौंथो अंगका रुपमा रहेको पत्रकारीता क्षेत्रका बारेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताए ।
राज्यका सबै संयन्त्रलाई खबरदारी गर्ने पत्रकारहरु स्वयं आफु नै विभिन्न समस्याबाट गुज्रिनुपर्ने अवस्था सृजना हुन दुखद भएको भन्दै सञ्चार क्षेत्रलाई बलियो बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिए । न्यौपानेले मोफसलका स–साना मिडियालाई केन्द्रित गरी एउटै ठुलो मिडिया हाउस बनाउने तर्फ सोच्न समेत सबैलाई आग्रह गरे ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हेमन्त बिक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्माले राखेकी थिईन भने प्रेस सेन्टर कोहलपुर नगर कमिटी उपाध्यक्ष विवेक रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी