नेपालगन्ज ९ भदौ : नेपाली काँग्रेसका केही नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै यसलाई संविधान संशोधनको एजेन्डा बनाउन पार्टीलाई सुझाव दिएका छन् ।
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिमा आवद्ध नेताहरूले शुक्रवार पार्टी सभापति शेरबहादुरलाई भेटेर यस्तो सुझाव दिएका हुन् ।
पछिल्लो महासमिति बैठकमा महासमिति सदस्यहरूको बहुमतले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षरसहित बुझाएको मागलाई काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने भन्दै उनीहरूले सभापतिसमक्ष स्मरणपत्र बुझाएका छन् ।
महाअभियानका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य माननीय शंकर भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभापति देउवालाई पत्र बुझाएको सहसंयोजक एवम् प्रवक्ता योगेश ढकालले जानकारी दिए ।
महाअभियानमा ढकालसँगै केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, मुक्ताकुमारी यादव, चन्द्र केसी, रङ्गमती शाही, जानकी सिंह र डा रघु काफ्लेलगायत जोडिएका छन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्