नेपालगन्ज ९ भदौ : नेपालगन्ज भन्सार कार्यालयले लिलाम गर्न नमिल्ने १० लाख बढीको अवैध सामान नष्ट गरेकोछ ।
विभिन्न समयमा भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका १० लाख रुपैयाँ भन्दा बढीको अवैध सामानलाई भन्सार कार्यालयले नष्ट गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको १० लाख भन्दा बढीको पेय पदार्थ, सूर्तीजन्य र अन्य अखाद्य वस्तु नष्ट गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत युवराज विश्वकर्माले बताए ।
उनले स्वास्थ्यका लागि हानिकारक भएकोले लिलाम गर्न नमिल्ने विभिन्न अवैध सामानलाई आगो लगाएर नष्ट गरिएको जनाए । ‘लिलाम गर्न नमिल्ने अवैध सामानलाई कानूनको मापदण्ड पूरा गरेर नष्ट गरिएको छ,’ प्रमुख विश्वकर्माले थपे ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार आगो लगाएर नष्ट गरिएका अवैध सामानमा ३६५ प्रकारका सामान रहेका छन् । नष्ट गरिएका वस्तुमध्ये सबैभन्दा धेरै पेय पदार्थ रहेको सो कार्यालयले जनाएको छ ।
सूर्तीजन्य पदार्थ र अन्य अखाद्य वस्तु जलाइए पनि पेय पदार्थका बोत्तलबाट झोल निकालेर बोत्तल बिक्रीका लागि राखिएको भन्सार कार्यालयले जनाएको छ। पेय पदार्थलाई खाल्डोमा खन्याएर कवाडीलाई बोत्तल बिक्री गरिने बताइएको छ।
जथाभावी फाल्दा सर्वसाधारणले उठाएर लैजाने, वातावरण प्रदूषित हुने र गाड्दा पनि प्लाष्टिकजन्य वस्तु नकुहिने भएकोले आगो लगाएर नष्ट गरिएको भन्सार प्रमुख विश्वकर्माको भनाइ छ।
नष्ट गरेको सामान दुई ट्रक भएको भन्सार कार्यालयले जनाएको छ। नष्ट गर्न समितिले ढिलाई गरेका कारण सामान धेरै भएको जनाइएको छ। नेपालगन्ज नाकाबाट अवैध तस्करी र आयात निर्यात रोक्न प्रहरी प्रशासनले विभिन्न उपाय अपनाउँदै आए पनि तस्करी र अवैध आयात निर्यात बढ्दै गएको छ।
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई