नेपालगन्ज १५ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको छ ।
आउँदो मंसिरमा हुने एनपीएलमा देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ । काठमाडौंमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ ।
एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ । क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी–२० लिग आयोजना गरेको थियो ।
स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो ।
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’