नेपालगन्ज १५ भदौ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ४ ईगाउँमा एक दम्पतीले छोराको स्मृतिमा पिउने पानीको धारा निर्माण गरेका छन् ।
ज्येष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गरे ।
स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरी उनीहरूको सहजताका लागि खानेपानीको धारा निर्माण गरेको स्वर्गीय अर्जुन रोकाका पिता चोकबहादुरले बताए ।
चोकबहादुरले भने, ‘समाजमा हरेक काममा अग्रसर हुने छोराको स्मृतिमा खानेपानीको धारा बनाएर सामाजिक काममा अघि बढेका छौँ, प्रतिष्ठान बनाएर सामाजिक कामलाई निरन्तरता दिने सोच बनाएका छौँ ।’
२६ वर्षीया अर्जुन रोकायको गत साउन ४ गते नेपालगन्जको धम्बोझीमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो । स्व.अर्जुन रोकाको २६ औँ जन्मदिनको सन्दर्भ पारेर यही भदौ १९ गते वडा कार्यालयमा वृक्षारोपण गरिने भएको छ ।
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१२ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?