नेपालगन्ज १८ भदौ : अखिल क्रान्तिकारी बाँके जिल्लाको २४ औं जिल्ला सम्मेलनबाट सुनिल बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको छ ।
जसको उपाध्यक्षहरूमा शान्ति बिक, उपेन्द्र आचार्य, भरत बुढथापा, दीपेन्द्र शाही र सुवास मल्ल रहेका छन् ।
यस्तै अखिल क्रान्तिकारीको जिल्ला सचिवमा लक्ष्मण मानव, स्वातिका थारू, जनक शर्मा ‘बिनोद’, जनक बिएल र ईश्वर चन्द रहेका छन् । यस्तै कोषाध्यक्षमा राम बर्मा चयन भएको निर्वाचन समितका संयोजक तीर्थ ज्ञवालीले जानकारी दिए ।
सोमबार भएको सम्मेलनमा माओवादी केन्द्रका उपमहासचिव पूर्व अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । नवनिर्वाचित अध्यक्ष बटलाले अखिल क्रान्तिकारी बाँकेलाई जुझारु र प्रतिस्पर्धी सङ्गठन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले बलियो सङ्गठन बनाउँदै शैक्षिक अराजकता विरुद्ध सङ्घर्ष गर्ने उद्घोष गरे । बटाला यसअघि क्रान्तिकारीको जिल्ला सचिव थिए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे