नेपालगन्ज २० भदौ : महिलाहरुको महाना चाड हरितालिका तीजका अवसरमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि ‘खजुरा बृहत तीज महोत्सव–२०८१’ आयोजना हुँदैछ । जसको तयारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९ औं सृंखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रित रहेको छ ।
हरेक वर्ष तीजका कार्यक्रमामा मौलिकता हराउँदै गएकाले यसलाई जोगाउने उद्देश्य यो वर्षको महोत्सवले लिएको सचिव सुरेस कुमार खत्रीले बताए । उनले तीजमा पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता, परम्परागत लाखे नाच एवम् नेपाली परम्परागत खानाका परिकारका स्टलहरु महोत्सवमा राखिने बताए ।
सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले अनुसार मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगितामा नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए ।
भण्डारीका अनुसार सामुहिक तीज नृत्य प्रतियोगिताको प्रथमलाई २६ हजार, द्वीतियलाई १६ हजार, तृतियलाई १० हजार र सान्त्वनााई ३ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै तीज गीत प्रतियोगिताको प्रथमलाई २१ हजार, द्वीतियलाई १३ हजार, तृतियलार्य ७ हजार ५ सय र सान्त्वनालाई २ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी