नेपालगन्ज २४ भदौ : बर्दिया जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार शर्मा निर्विरोध निर्वाचित भएकाछन् । संघको साधारण सभाले शर्मालाई निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा तुलुमल्ल ठकुरी, सचिवमा तुलाराम थापा मगर, कोषाध्यक्ष मिना चौधरी चयन भएकाछन् ।
यसैगरी सदस्यमा महेमुद अली मनिहार, सगीता थापा, राजेश लोध, कमलबहादुर खड्का र बर्नि भण्डारी चयन भएकाछन् ।
सो साधारण सभाबाट संघका सस्थापक अध्यक्ष बालकृष्ण ओलीलाई संरक्षकको जिम्मेवारी दिएको छ । यसअघि उद्घाटन समारोहमा टेनिस संघका केन्द्रिय सदस्य डा. निर्माण शाह, बर्दिया जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुनमगर लगायतको उपस्थिति रहेको थियो ।
बुटवलदेखि पश्चिमतर्फ टेनिस कोर्ड बर्दियाको गुलरियामा मात्रै रहेको हुदाँ बर्दिया अन्य खेलमा पहिचान बनाएको अवस्थामा टेनिस खेलाडी पनि उत्पादन गर्ने उद्देश्य रहेको संघका अध्यक्ष दीपककुमार शर्माले बताए । पेशाले सञ्चारकर्मी रहेका शर्मा हिमालय टाइम्स दैनिक पत्रिकामा आवद्ध छन् ।
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’