नेपालगन्ज २५ भदौ : व्यक्ति हत्या आरोपित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार बेलुकी उनले मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री कुर्मीले पदबाट राजीनामा बुझाएको बताए । तर, सोबारे पत्र भने बुधबार मात्रै आफूसमक्ष आइपुग्ने उनले बताए ।
कुर्मी नेपाली काँग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी भएका थिए । उनी गत साउन ७ गते मन्त्री भएका थिए ।
हत्या आरोपितलाई मन्त्री बनाएको भन्दै विरोध हुँदै आएको छ । उनीमाथि बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोप छ । आफूमाथि यो मुद्दाको आरोप लागेपछि कुर्मीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । उनी आफू निर्दोष रहेको र दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउँछन् ।
उनलाई तत्काल हटाउनुपर्ने माग राख्ने बाँकेका केही अभियन्ताहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्