File Photo
नेपालगन्ज २८ भदौ : निरन्तर वर्षाका कारण कैलालीस्थित कर्णाली नदीले शुक्रबार बिहान सतर्कता तह पार गरेको छ । चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘भदौ २८ बिहान ९ः२० बजे । कर्णाली नदी चिसापानी, कैलाली जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह (१० मि.) पार गरेको र बढ्दो क्रममा रहेकोले कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोछ छ,’ विभागको सूचनामा उल्लेख छ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्