नेपालगन्ज २९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानका विरुद्ध ठूलो शक्ति लागेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेकपा (एमाले)ले आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण विषयक कार्यशाला उद्घाटन गर्दै उनले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेको बताएका हुन् ।
सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रका पक्षमा मान्छे उफ्रिएको अहिलेजस्तो कहिल्यै नदेखेको उनले उल्लेख गरे । उनले नेपालमा शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र गरिएको समेत बताए ।
गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेको भन्दै उनले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरे ।
एमाले अध्यक्ष समेत रहेका ओलीले परिवर्तनको सारथि आफ्नो पार्टीलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादी लागेको टिप्पणी गरे ।
आउँदो निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रूपमा लाग्न उनले आग्रह गरे । उनले नेकपा (माओवादी केन्द्र)को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चारपाँच लाखसम्ममा झर्ने अनुमान गरे ।
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
११ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?