नेपालगन्ज २९ भदौ : बाँकेका विभिन्न पालिकामा अस्थायी तथा स्थायीरुपमा बसोबास गरिरहेका सुर्खेतीहरुले शनिबार नेपालगन्जमा भेटघाट गरेकाछन् ।
सुर्खेती समाज बाँकेले आयोजना गरेको भेटघाट तथा भेलामा समाजलाई अझ सशक्तरुपमा अगाडी बढाउन उनीहरुले बृहत छलफल गरेका हुन् ।

जिल्लाका विभिन्न पालिकामा स्थायी तथा अस्थायीरुपमा बसोबास गरिरहेका सुर्खेती समुदायको उपस्थितीमा समाजका उपाध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा भएको उक्त भेटघाट तथा भेलामा कार्यसमिति विस्तार गरिनुका साथै आजिवन सदस्यता, साधरण सदस्यता तथा विभिन्न विषयमा छलफल गरिएकोछ ।
सोक्रममा सुर्खेती समाजले भोग्नु परेको समस्या, चुनौती तथा सुर्खेतीहरुलाई एकताबद्ध गर्न सामाजलाई चलयमान र सशक्त बनाउन सहभागिहरुले जोड दिएका थिए ।

रोजगारी, अध्ययन, व्यापारव्यवसाय लगायतका सिलसिलामा बाँकेका विभिन्न पालिकामा रहेका सुर्खेतीलाई गोलबद्ध गराउन भेटघाट तथा भेलाको आयोजना गरिएको समाजका उपाध्यक्ष सुवेदीले जानकारी दिए ।
सोक्रममा मुगुका सहायक सिडियो हरिबहादुर खत्री, दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गरी लगायत रहेका थिए । बाँकेमा सुर्खेती समुदायको बाक्लो उपस्थिती रहेकोछ ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व